News Portal

स्वास्थ्य अवस्था बुझ्न ओली निवास पुगे प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति देउवा

स्वास्थ्य अवस्था बुझ्न ओली निवास पुगे प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति देउवा

फेवाखबर संवाददाता
१६२ पटक

काठमाडौँ: नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवा आज (सोमबार) बालकोट पुगेका छन् ।

 

एक सातादेखि ज्वरोका कारण अस्वस्थ रहेका अध्यक्ष ओलीको स्वास्थ्य अवस्था बुझ्न र समसामयिक विषयमा छलफल गर्न शीर्ष दलका प्रमुखहरू बालकोट पुगेकाे प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

 

ओलीसँगको भेटमा संवैधानिक परिषद् सम्बन्धि विधेयक, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल गर्ने सचिवालयले जानकारी दिएकाे छ ।

प्रतिकृया दिनुहोस्