News Portal

पिपल्स सहकारीको भित्तेपात्रो विमोचित

पिपल्स सहकारीको भित्तेपात्रो विमोचित

फेवाखबर संवाददाता
२३३ पटक

पिपल्स बचत तथा ऋण सहकारी लि
पोखराले नयाँ वर्ष २०८० सालको  अबसर पारि शुभकामना आदानप्रदान तथा भित्तेपात्रो  विमोचन कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको कार्यलय न्युरोडमा आयोजित एक कार्यक्रममा संस्थाका अध्यक्ष श्री शंकर बहादुर खत्री तथा मनिपाल अस्पताल का आँखा विभागका डक्टर श्री लक्ष्मण तिम्सिना ले सयुक्त रुपमा २०८० सालकाे भित्तेपात्राे विमाेचन गरेका हुन ।संस्थाकाे संचालकहरु,उप समितिका सदस्यहरु र साधारण शेयर सदस्यहरुकाे उपस्थितिमा आयाेजित उक्त कार्यक्रममा संस्थालाई समय अनुकुल अगाडि बढाउन सबैकाे सक्रिय सहभागीता आवश्यकता रहेकाे चर्चा गरिएकाे थियाे । साे अबसरमा लिटिल स्टेप बाेडिङ्ग स्कुलकाे संचालक समेत रहनु भएका संचालक समिति सदस्य राधिका भट्टराई ले सस्था प्रविधि मय भईसकेपनि शेयर सदस्यहरुमा सुचाना प्रभाव प्रभावकारी रुपमा हुन नसकेको आैलाउदै संस्थाकाे माेवाईल एप्स सम्पूर्ण शेयर सदस्यहरुलाई जानकारी गराउन आवश्यक रहेकाे चर्चा गर्नुभयाे ।साथै कार्यक्रममा नयाँ वर्ष २०८० सालकाे शुभकामना व्यक्त गर्दै बाेल्ने बक्ताहरुले अहिलकाे सङ्क्रमणमा पनि सहकारीले गरेका कार्यहरुकाे चर्चा गर्दै सहकारी शिक्षालाई अझ प्रभावकारी रुपले शेयर सदस्यहरुमा लागू गर्ने जाेड दिएकाे कुरा संस्थाका मुख्य व्यवस्थापक महेश पाैडेल ले जानकारी दिनुभयाे ।

प्रतिकृया दिनुहोस्