News Portal

पोखरा १८ को ९ भोट पुर्याउन पुन मतगणना गर्न उच्च अदालतको आदेश

पोखरा १८ को ९ भोट पुर्याउन पुन मतगणना गर्न उच्च अदालतको आदेश

फेवाखबर संवाददातापोखरा ,२१ चैत ।
१६० पटक
पोखरा ,२१ चैत ।

पोखरा महानगरपालिका–१८ को गत वैशाखमा भएको निर्वाचनको वडाध्यक्ष पदको मतगणना बदर गरेर पुनः गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।

मंगलबार अन्तिम फैसला सुनाउँदै अदालतले पुनः मतगणना २० वैशाखमा गर्न आदेश दिएको हो । न्यायाधीश डिल्लीराज आचार्य र ऋषि राजभण्डारीको इजालसले संयुक्त रिट निवेदकको पक्षमा आदेश सुनाएको हो । मतगणना बदर गरेर फेरि मतगणना गर्न माग गर्दै नेकपा एमालेका उम्मेदवार पुष्कलबहादुर थापाले रिट दर्ता गरेका थिए ।

निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय कास्की, मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्की, मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीका मुख्य निर्वाचन अधिकृत र कांग्रेस उम्मेद्वार शिवप्रसाद तिमिल्सिनालाई विपक्षी बनाएर गत १८ जेठमा रिट दर्ता गरेका  थिए ।

एमालेका थापाले  १ हजार ६४० मत ल्याएका थिए । कांग्रेसका शिवप्रसाद तिमिल्सिना १ हजार ६४३ मत ल्याएर विजयी भएका थिए । गणना गर्दा ९ मत हराएको र त्यसैले आफू हारेको थापाको  दाबी छ । पोखरा–१८ मा वडाध्यक्षबाहेक चार सदस्य एमालेले जितेको थियो ।

 

प्रतिकृया दिनुहोस्