Skip

Click here to see more…

News Portal

पोखराको न्युरोडमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गम्भिर घाइते

पोखराको न्युरोडमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गम्भिर घाइते

फेवाखबर संवाददातापोखरा ,१७ चैत ।
३२६ पटक
पोखरा ,१७ चैत ।

पोखराको न्युरोडमा माइक्रो बसले ठक्कर दिँदा स्कुटर चालक गम्भिर घाइते भएका छन् । घाइते  पोखरा ८ का ४८ बर्षीय स्कुटर चालक सुरज थकालीको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता वरिष्ठ प्रहरी नायव निरीक्षक शिवप्रसाद पाठकले घाइते  थकालीलाई मणिपाल शिक्षण अस्पताल लगिएको जानकारी दिए ।

पाठकका अनुसार साँझ ४ : १० बजे पोखराको चिप्लेढुंगा स्थित वीपी चोकबाट सभागृह तर्फ जाँदै गरेको ग १ ज ४५४० नम्बरको माइक्रो बसले सभागृह तर्फ नै जाँदै गरेको ग ५ प ९४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिाइएको पाठकले बताए ।

प्रतिकृया दिनुहोस्