News Portal

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यलय गण्डकीमा प्रहरी नायब निरिक्षक (SP)गोविन्द अधिकारी आए सँगै दुर्घटना सङ्ख्यामा कमी

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यलय गण्डकीमा प्रहरी नायब निरिक्षक (SP)गोविन्द अधिकारी आए सँगै दुर्घटना सङ्ख्यामा कमी

फेवाखबर संवाददाता पोखरा , १८ माघ ।
८८५ पटक
पोखरा , १८ माघ ।

 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडा, कास्कीले
गण्डकी प्रदेश भित्रको ट्राफिक व्यवस्थापन एवम् सवारी दूर्घटना न्यूनीकरणका लागि भएका काम कारवाहीहरू वार्षिक कार्य प्रगति विवरण प्रकाशन गरेको छ ।
कार्यालयले विभिन्न तीन शीर्षक छुटाएर वि.सं. २०७७ माघ १ गतेदेखि आफ्नो कार्यक्रम सञ्चालन गरेको थियो । २०७७ माघ १ गतेदेखि २०७९ पौष मसान्तसम्म विभिन्न तीन शीर्षकमा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले कार्यक्रम सञ्चालन गरेको थियो ।जसमध्ये २०७७ माघ १ देखि २०८८ पौष मसान्तसम्म जनचेतनामूलक कार्यक्रम सङ्ख्या ५ हजार ३८ मा सहभागी सङ्ख्या ४ लाख ७६ हजार ८ सय ५४ रहेको थियो ।

२०७८ माघदेखि २०७९ पौष मसान्तसम्म कार्यक्रम सङ्ख्या ६ हजार २ सय ६२ मा सहभागी सङ्ख्या ९६ हजार १ सय ४६ रहेको छ । गत वर्षको भन्दा यस वर्ष २ सय ४५ कार्यक्रम सङ्ख्या र १ हजार १५ सहभागी सङ्ख्यामा वृद्धि भएको छ । राजश्व सङ्कलन शीर्षकमा २०७७ माघदेखि २०७८ पौष मसान्तसम्म कारवाही सङ्ख्या १ लाख ३३ हजार ८ सय ६४ मा कूल राजश्व ८ करोड ८७ लाखा २ हजार सङ्कलन भएको थियो । २०७८ माघदेखि २०७९ पौष मसान्तसम्म कारवाही सङ्ख्या २ लाख २५ हजार ५ सय ६३ मा कूल राजश्व सङ्कलन रकम रु १६ करोड ४३ लाख ५३ हजार भएको छ । गत वर्षको भन्दा कारावाही सङ्ख्या ६ सय ९५ र राजश्व सङ्कलन ८ सय ५५ वृद्धि भएको छ ।

२०७७ माघदेखि २०७८ पौष मसान्तसम्म सवारी दूर्घटना सङ्ख्या ४ सय १५ मा २ सय ५१ जना मानिसको मृत्यु भएको थियो । गम्भीर घाइते सङ्ख्या २ सय ७४ सामान्य घाइते सङ्ख्या २ सय ७० कूल संलग्न सवारी सङ्ख्या ५ सय ५४ रहेको थियो । २०७८ माघदेखि २०७९ पौषसम्म दूर्घटना ४ सय २ र २ सय १३ जना मानिसको मृत्यु , गम्भीर घाइते सङ्ख्या ३ सय ८१ सामान्य घाइते सङ्ख्या २ सय ४५ र संलग्न सवारी साधन सङ्ख्या ५ सय १४ वटा रहेका छन् ।
जस मध्य गम्भीर घाइते सङ्ख्या ३ सय ९५ वृद्धि भएको छ भने बाँकी सबै घटेको अव्यस्था रहेको छ । २०७८ माघ ३ गते ट्राफिक प्रहरी नायब निरीक्षक गोविन्द अधिकारी सरुवा भएर आएदेखि सवारी जनचेतनामुलक कार्यक्रममा थप जोड दिएका हुनाले सवारी दूर्घटना सङ्ख्यामा कमी आएको छ । कार्यालयले विभिन्न विषय समेटिने गरी कार्यक्रम सञ्चालन गरेको थियो ।

 

रोड सेफ्टी टिप्स, रोड सेफ्टी कर्नर नमस्ते अभियान, चालकसँग एक मिनेट कार्यक्रम, विद्यालय सचेतना कार्यक्रम, यात्रु सहायता कक्ष स्थापना र प्रशिक्षण, अन्तरक्रिया कार्यक्रम,

वातावरण मैत्री ट्राफिक व्यवस्थापन अनावश्यक लाईट, झल्लर, स्लोगनह्रू, प्रेसर हर्न हटाउने अभियान हुस्सु लागेको र रातको समयमा टल्कने स्टिकर टाँस्ने अभियान, ट्राफिक नियम उल्ङ्घन गर्ने सवारी साधनहरूलाई नियन्त्रण कडाईका साथ कारवाही गर्ने अभियान, ट्राफिक प्रहरीले प्रयोग गने २४ घण्टे पुँजी एकरूपता कायम गरी अधिकतम ५ हजार जरिवाना गर्ने व्यवस्था आदि विषयमा कार्यक्रम सञ्चालन भएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्रप्रसाद सुवेदीले जानकारी दिएका छन् ।

 

प्रतिकृया दिनुहोस्