News Portal

आत्मदाह प्रयास गरेकालाई बचाउँदा घाइते भएकी घरबेटी सङ्गीतको मृत्यु

आत्मदाह प्रयास गरेकालाई बचाउँदा घाइते भएकी घरबेटी सङ्गीतको मृत्यु

फेवाखबर संवाददातापोखरा ,१६ माघ ।
५७० पटक
पोखरा ,१६ माघ ।

पोखरामा आत्मदाह प्रयास गरेकालाई बचाउँदा घाइते भएकी महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पोखरा–१३ काहूँखोलाकी ३५ वर्षीया संगीता सापकोटा रहेकी छन्।

आइतबार उनको घरमा टेशनरी सञ्चालन गर्दै आएका ४० वर्षीय कृष्ण बहादुर क्षेत्रीले बाथरूममा आत्मदाहको प्रयास गरेका थिए। क्षेत्रीलाई बचाउने क्रममा घरबेटी सापकोटा घाइते भएकी थिइन्।

उनको उपचारको क्रममा सोमबार बिहान ११ बज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए।

आत्मदाहको प्रयासपछि हात, खुट्टा र अनुहार जलेका कृष्णबहादुरको अवस्था हालसम्म सामान्य रहेको र उपचार भइरहेको छ।

उनले आत्मदाहको प्रयास गर्नुको कारण खुलेको छैन।

प्रतिकृया दिनुहोस्