News Portal

जडीबुटी कम्पनीमा आगजनी, नियन्त्रणका लागि कतैबाट पहल भएन

फेवाखबर संवाददाता
३३८ पटक

१५ चैत, काठमाडौं । राजावादीको समूहले काठमाडौंको जडीबुटीस्थित जडीबुडी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरिएको छ । तोडफोड र आगजनी गर्न सुरु गरेपछि भागेर कर्मचारीहरूले भागेर ज्यान जोगाएको कम्पनीकी महाप्रबन्धक डा.संगीता यादवले बताइन् ।

‘साढे २ बजेतिर हामी भित्र काम गरिरहेका थियौँ’ यादवले अनलाइनखबरसँग भनिन्न्, ‘अचानक बाहिरबाट ढुंगामुढा सुरु भयो । अफिसमा अगाडि सिसैसिसा छ । कसरी ज्यान जोगाएर बस्ने भन्ने भएर भित्र कोठामा बसेका थियौँ । बाहिर राखिएका गाडीमा आगजनी गर्न सुरु गरे ।’

मुख्य भवनमा पनि आगो लगाउने डरले पछाडि पट्टी स्टोरबाट बाहिर भागेको यादवले जानकारी दिइन्।

आगजनी हुन थालेपछि प्रहरी, वन कार्यालय लगायत पहुँच भएका सबै ठाउँमा सहयोग माग्दा पनि आगो निभाउन पहल नभएको गुनासो यादवको छ ।

प्रतिकृया दिनुहोस्