News Portal

प्रहरी हूँ भन्दै ठग्ने कास्की प्रहरीकै खोरमा ( भिडियो सहित )

दुई जना नक्कली प्रहरी पक्राउ

फेवाखबर संवाददाता
२८३ पटक

जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरीको सीआइडी हुँदै सर्वसाधारणलाई दुःख हैरानी दिने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनका ३२ वर्षीय सन्दिप श्रेष्ठ र पोखरा-७ माछापुच्छ्रे टोलका २६ वर्षीय सरोज थापा छन् ।

उनीहरुलाई साउन २७ गते पोखराको बागलुङ बसपार्कबाट पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

डीएसपी शर्माका अनुसार उनीहरुले सादा पोशाकका प्रहरी सीआइडी हौँ भनि सर्वसाधारणलाई दुःख हैरानी दिन्, शरीरको तलासी लिई चेकजाँचसमेत गर्ने, पैसा असुल गर्ने तथा कानूनी दायरामा ल्याउने भनि डर त्रास देखाई अभद्र व्यवहार गर्ने गरेका थिए ।

प्रारम्भिक सोधपुछ गर्ने क्रममा प्रहरी कर्मचारीमाथिसमेत अभद्र व्यवहार गरेकोले उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्दको कसूरअन्तर्गत अभद्र व्यवहार मुद्दामा १० दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्