Skip

Click here to see more…

News Portal

नेपालले जित्यो ५९ लाख पुरस्कार

फेवाखबर संवाददाता
४३० पटक

नेपालले २०२२ पब्जी मोवाइल प्रो लिग साउथ एशिया च्याम्पियनसिपमा ५९ लाख पुरस्कार रासी जित्न सफल भएको छ ।

नेपालबाट सहभागी भएका डिआरएस गेमिङ्ग र स्काईलाइट्ज गेमिङ्गले उक्त पुरस्कार जितेका हुन् ।

१ लाख ५० हजार डलर पुरस्कार रासीको उक्त च्याम्पियनमा डिआरएसले दोश्रो स्थान प्राप्त गर्दै ३६ लाख (३.६ मिलियन) र स्काईलाइट्जले तेश्रो स्थान प्राप्त गर्दै २३ लाख (२.३ मिलियन) जितेका हुन् ।४ दिन सम्म संचालन भएको २४ म्याचको च्याम्पियनसिपमा मङ्गोलियाको गडलाइक स्टलवार्टले पहिलो स्थान हासिल गर्न सफल भएको छ ।

गडलाईकले २६४ अंक हासिल गर्दै प्रथम स्थान प्राप्त गर्न सफल भएको हो । दोश्रो स्थानमा रहेको डिआरएसले २५६ अंक प्राप्त ग¥यो ।

यस्तै तेश्रो स्थानमा रहेको स्काईलाइट्जले २३१ अंक प्राप्त ग¥यो ।
१६ उत्कृष्ट टिमको सहभागिता रहेको च्याम्पियनसिपमा नेपालबाट

डिआरएस र स्काईलाइट्ज लगायत हाइभोल्टेज, इलेमेन्ट्रिक्स, ट्रेन्ड टु किल र भेनम लिजेन्डले प्रतिस्पर्धा गरेका थिए ।
यसका साथै डिआरएस, स्काईलाइट्ज र ट्रेन्ड टु किल पब्जी मोवाइल ग्लोबल च्याम्पियनसिपको

लागि पनि छनोट हुन सफल भएका छन् ।
पहिलो पटक यस च्याम्पियनसिपलाइ फिल्म हलको ठुलो पर्दामा प्रत्यक्ष प्रसारण गरिएको थियो ।

जसमा पब्जी

लाई रुचाउने ठुलो संख्याका दर्शकले प्रत्यक्ष मनोरञ्जन लिएका थिए ।

प्रतिकृया दिनुहोस्