News Portal

नेपाल पाकिस्तानसँग पराजित

फेवा खबर संवाददाता
८० पटक

पोखरा एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा  सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो ।

जितको लागि नेपालले दिएको १०९ रनको लक्ष्य पछाएको पाकिस्तान ११ दशमलव ५ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

पाकिस्तानका लागि गुल फिरोजाले ३५ बलमा १० चौकाको मद्दतमा सर्वाधिक ५७ रन बनाइन् । यसैगरी मुनिबा अलीले अविजित ४६ रनमा बनाइन् । नेपालका लागि १ मात्र विकेट कविता जोशीले लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनाएको थियो ।

नेपालको लागि कविताले २३ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाइन् भने सीता रानामगरले २६, पूजा महतोले २५ र कविता कुँवरले १३ रन जोडे ।

पाकिस्तानका लागि सादिया इकबालले सर्वाधिक २ विकेट लिइन भने फातिमा सानाले १-१ विकेट लिइन ।

यस खेलसँगै समूह ‘ए’ मा दुवै टोलीको दुई खेलबाट समान २-२ अङ्क जोडेका छ्न । पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले हराउँदा पाकिस्तान भारतसँग ७ विकेटले पराजित गरेको थियो ।

नेपालले समूह चरणको आफ्नो अन्तिम खेल यही साउन ८ गते भारतसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस्