News Portal

पोखरा-१७ को हाजिरीजबाफ प्रतियोगीतामा प्रथम श्रीराम जानकी आमा समुह

पोखरा-१७ को हाजिरीजबाफ प्रतियोगीतामा प्रथम श्रीराम जानकी आमा समुह

फेवाखबर संवाददातापोखरा ,११ चैत ।
२५८ पटक
पोखरा ,११ चैत ।

पोखरा,महिला प्रतिभा प्रतिस्पर्धा लाई उजागर गर्न का निमित्त पोखरा महानगरपालिका वडा न. १७ को आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा न. १७ मा रहेका आमा समूह बिच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो  । उक्त हाजिरीजबाफ प्रतियोगिता मा २० टिम को सहभागिता रहेको कार्यक्रम अन्तरास्ट्रिय पर्बतिय संग्रहालय,पोखरा-१७ रातोपैह्रा मा सम्पन्न भएको छ  ।

गृहिणी महिला लाई वडा ले गर्नु पर्ने भुमिका सबै क्रियाकलाप मा सहयोग गर्ने बताउदै महिला हरु को लागि लुकेको प्रतिस्पर्धा लाई समाज मा देखाउन को सो कार्यक्रम गरेको र आगामी दिनमा किचन वाट हुने फोहोर लाई बर्गिकरण गर्ने योजना रहेको उक्त कार्यक्रम मा बताउदै गृहिणी महिला लाई सक्षम गराउने प्रतिबद्दता  पोखरा १७ वडा अध्यक्ष राधिका शाहीले गरेकी छिन ।

कार्यक्रम को प्रमुख अतिथी पोखरा महानगरपालिका उप-प्रमुख मन्जु देबि गुरुङ ले यसरी महिलाहरु लाई  यसरी प्रतियोगिता गर्दा महिला लाई थप हौसला मिल्ने जानकारी दिएकी छिन ।

उक्त प्रतियोगिता मा प्रथम जुनतारा आमा समूह  भएको छ त्यस्तै श्रीराम जानकी आमा समुह  द्धितिय, सन्चयकोस आमा समूह तृतिय  र सान्तोना मा  घारीकुलो आमा समूह भएका   छन । सो प्रतियोगीता मा १०/१० समूह गरि प्रतियोगिता मा गरिएको थियो । १०/१० समूहमा  ६ समूह बिजेता बनाइ प्रथम,दोस्रो र तेस्रो छुट्याइएको हो । सो प्रतियोगीता मा प्रथम चरण मा तिन समूह लाई बिजेता निकालियो र दोस्रो चरण मा चार जना गरि प्रथम र दोर्सो चरणमा भएका सात समुह लाई फाइनल राउण्ड मा  प्रथम, दोस्रो, तेस्त्रो  र सान्तोना छुट्याइएको हो ।

सो कार्यक्रम को संचालन पोखरा महानगरपालिका वडा न १७ वडा सचिब मन्जु ढुंगाना र सुचना अधिकारी प्रमिला सुबेदि द्वारा भएको थियो । साथै उक्त प्रतियोगिता मा आर्थिक सहयोग पोखरा महानगरपालिका सामाजिक महाशाखा ले गरेको थियो ।  कार्यक्रम को संयोजक सर्मिला सुवेदीको रहेको थियो  । उक्त कार्यक्रम मा पोखरा महानगरपालिका वडा न. १७ का नागरिक र बुद्धिजीवी र जनप्रतिनिधि को उपस्थित रहेको थियो ।

प्रतिकृया दिनुहोस्