News Portal

व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ : मुख्यमन्त्री अधिकारी

व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ : मुख्यमन्त्री अधिकारी

फेवाखबर संवाददातापोखरा ।
१४९ पटक
पोखरा ।


ले व्यवसायीको सफलताले नै सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पु¥याउने बताउनुभएको छ । पोखरामा होटल पौवाको ११ औं शाखाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले ब्यवसायीहरु सफल भएमात्र समृद्ध नेपाल बन्न सक्ने बताउनुभयो । उहांले सामुहिक लगानीबाट गरिएको ब्यवसायले देशमा रोजगारी सृजनागर्ने दाबी गर्नुभयो । ‘मुलुक राजनीतिक अस्थिरतामा फसेको छ, युवाहरु विदेश पलायनमा लागेका छन्, मुख्यमन्त्री अधिकारीले भन्नुभयो, ‘सामुहिक लगानीमा सुरु गरेको व्यवसायले देशमा रोजगारी अवसरसँगै व्यापार व्यवसायले मुलुकको सुखी नेपाली समृद्ध नेपालमा सहयोग पुग्दछ ।’
यस्तै कार्यक्रममा पर्यटनकर्मी गणेश भट्टराईले राजनैनिक अस्थिरताले अर्थव्यवस्थामा असर परेको बताउनुभयो । ‘राजनीतिककर्मीहरु देश सञ्चालन भन्दा राजनीतिक भागबन्दामा लाग्दा युवा नागरिकहरुले नेपालमा भविष्य देखेनन्, भट्टराईले भन्नुभयोे, ‘राजनीतिकर्मीहरुले देश सञ्चालनमा ध्यान नदिदा राजनैतिक अस्थिरताले अर्थव्यवस्थामा असर परेको छ ।’ उहांले देशको कठिन परिस्थितिमा पनि व्यवसायमा लगानी गर्नु आफैमा चुनौती पूर्ण रहेको बताउँदै धैर्य गरेर अगाडि बढे सफलता प्राप्त गर्ने बताउनुभयो । मिशन १ सयको यात्रामा निरन्तर अगाडि बढेको होटल पौवाले ७ औं वर्षको अन्तरालमा ११ औं शाखा पोखरामा सञ्चालन ल्याएको होटलका निर्देशक विष्णु ज्ञवालीले बताउनुभयो ।
‘७ वर्ष अगाडि रुपन्देहीको सालझण्डीबाट शुरु गरेको १ सय मिशनको यात्रा ११ औ शाखाको रुपमा पोखरामा सञ्चालन गर्न पाउँदा खुशी छौं, भण्डारीले भन्नुभयोे, ‘पाँच प्रदेशमा होटलको शाखा पु¥याएको पौवाले कर्णालीको जुम्ला देखि गण्डकीको पोखरामा आइपुगेका छौं ।’ उहांका अनुसार १२ औं शाखा काठमाडौंमा खोल्ने तयारी समेत होटल पौवा प्रालिले गरेको छ । करिव १० करोडको लगानिमा पौवा प्रालिले पोखराको लेकसाइड स्ट्रिट नम्बर १ मा होटल पौवा सञ्चालनमा ल्याएको हो ।
होटल पौवा पोखराले आजदेखि तीन दिनसम्म होटलमा स्वाद उत्सवको रुपमा मनाएको छ । स्वाद उत्सवकै क्रममा भोलि (शनिबार) गजलकार थानेश्वर गौतमको एकलसाँझ समेत आयोजना गरिएको होटल व्यवस्थापनले जानकारी दिएको छ ।

 

प्रतिकृया दिनुहोस्