News Portal

राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक :नेपालको जनसंख्या २ करोड ९१ लाख

राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरिएको छ। शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरेका हुन्।

फेवाखबर संवाददातापोखरा , १० चैत्र ।
२६० पटक
पोखरा , १० चैत्र ।

राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालय आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

यससँगै नेपालको आधिकारिक जनसंख्याको घोषणा गरिएको छ । तर प्रारम्भिक तथ्याङ्कभन्दा अन्तिम जनसङ्ख्या घटेको छ । १२औँ जनगणना–२०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालको जनसङ्ख्या कुल २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ ।

जसमा १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् ४८ दशमलव ९८ प्रतिशत पुरूष र १ करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१ दशमलव ०२ प्रतिशत महिला रहेका छन् । कुल जनसङ्ख्यामा अन्य लिङ्गी दुई हजार ९ सय २८ जना रहेका छन् ।

सबैभन्दा धेरै जनसङ्ख्या भएको जिल्ला काठमाडौँ रहेको छ । काठमाडौँमा २० लाख ४१ हजार ५ सय ८७ जनसङ्ख्या छ भने सबैभन्दा कम मनाङमा पाँच हजार ६ सय ८५ जना रहेका छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ साल कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १५ दिन लगाएर १२औँ राष्ट्रिय जनगणना गरेको थियो।

यसअघि २०७८ माघ १२ मा तत्कालीन केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको थियो ।

प्रतिकृया दिनुहोस्