News Portal

विश्वकप छनोटमा पुर्‍याउने खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा

विश्वकप छनोटमा पुर्‍याउने खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा

फेवाखबर संवाददातापोखरा ,३ चैत्र ।
१६८ पटक
पोखरा ,३ चैत्र ।

सरकारले विश्वकपको छनोट चरणमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ। विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कारको घोषणा गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले लिग २ मा सहभागी सबै खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेका हुन्।

विश्वकप लिग २ अन्तर्गत हिजो भएको अन्तिम खेलमा युएईलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा पुगेको थियो। कीर्तिपुरमा भएको खेलमा डिएलएस मेथडका आधारमा ३११ रनको लक्ष्य दिएको युएईलाई नेपालले ९ रनले पराजित गरेको थियो।

प्रतिकृया दिनुहोस्