Skip

Click here to see more…

News Portal

नेपाल प्रहरीमा पहिलोपटक प्रोटोकल नमिचिकन एआइजी बढुवा सिफारिस

नेपाल प्रहरीमा पहिलोपटक प्रोटोकल नमिचिकन एआइजी बढुवा सिफारिस

फेवाखबर संवाददातापोखरा ,२६ फागुन ।
३५२ पटक
पोखरा ,२६ फागुन ।

नेपाल प्रहरीमा पहिलोपटक प्रोटोकल नमिचिकन एआइजी बढुवा सिफारिस भएको छ। यसअघि पहुँचका आधारमा बढुवा सिफारिस हुने गरेको भन्ने गुनासोलाई ध्यान दिँदै प्रधानमन्त्री प्रचण्डले बरियता मिचेर बढुवा नगर्न निर्देशन दिनुभएको थियो। यो निर्णयसँगै नेपाल प्रहरीको वृत्तिविकास सिष्टममा जाने र प्रहरी कर्मचारीको मनोबल बढ्ने विश्वास लिइएको छ।

नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ । बढुवा सिफारिसको १ नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर छन् । दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथो श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य छन् ।

प्रतिकृया दिनुहोस्