News Portal

अभिनेता पल शाह एक वर्ष पछि थुना मुक्त

अभिनेता पल शाह एक वर्ष पछि थुना मुक्त

फेवाखबर संवाददातापोखरा, १५ फागुन ।
३०६ पटक
पोखरा, १५ फागुन ।

अभिनेता पूर्णविक्रम (पल) शाह रिहा भएका छन्।

आइतबार बालयौन दुराचारको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका शाह सोमबार बिहान रिहा भएका हुन्।

नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो। शाहले उक्त फैसला विरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए।

उच्च अदालतको आइतबारको इजलासले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गर्दै शाहलाई सफाइ दिएको थियो।

शाहलाई तनहुँ अदालतले भने यसअघि नै सफाइ दिइसकेको थियो।

नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो। शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए।

शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

प्रतिकृया दिनुहोस्