News Portal

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइएफआर प्रणाली जडान छिट्टै लागु हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइएफआर प्रणाली जडान छिट्टै लागु हुने

फेवाखबर संवाददातापोखरा , ७ फागुन ।
१५७ पटक
पोखरा , ७ फागुन ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक सातापछि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू हुने भएको छ । यही फागुन ११ गते बिहीबारदेखि पोखराको नयाँ विमानस्थलमा आएफआर प्रणाली सञ्चालनका लागि तयारी पूरा भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) ले जनाएको छ ।

पोखरामा आईएफआर प्रणाली लागु हुने भएसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीहरूले चासो देखाएका छन् । क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि कोरियन एयर, विज एयर, हिमालय एअरलाइन्स र नेपाल वायुसेवा निगम लगायतले चासो देखाएका हुन् ।

आइएफआर पूर्ण यान्त्रिक प्रणाली भएकाले भिजुअल फ्लाइट रुल्स (भीएफआर) को तुलनामा निकै सुरक्षित र सहज हुने प्राधिकरणले जनाएको छ । हिमालय एअरको न्यारोबडी विमान एयरबस ३२० ले पोखरामा परीक्षण उडान गरिसकेको छ ।

उडानका लागि चासो देखाएका विमान कम्पनीका विमान, यात्रु क्षमता र उडान गर्न चाहेको गन्तव्य लगायत विषयमा छलफल हुने बाँकी रहेको पनि प्राधिकरणले जनाएको छ ।

गत जनवरी–१ देखि सञ्चालनमा आएको उक्त विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य, गुणलगायत वायुसेवाले आन्तरिक उडान गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्