News Portal

पोखराको डाँडाको नाकमा बस दुर्घटना : ३ जनाको अवस्था गम्भिर

फेवाखबर संवाददातापोखरा , ७ फागुन ।
१५८ पटक
पोखरा , ७ फागुन ।

पोखराबाट पोखराकै बेगनासका लागि छुटेको यात्रुबहाक बस दुर्घटना भएको छ ।

दिउँसो २ :३० बजे ग १ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकी नजिक दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय गण्डकीले जानकारी दिएको छ ।

प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्र सुवेदीका अनुसार दुर्घटनामा ४० जना भन्दा धेरै यात्रु घाइते भएका छन् ।

उनीहरु मध्ये ३ जनाको अवस्था गम्भिर छ । घाइतेको उद्वार गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी मेडिकल कलेज ल्याइएको उनले जानकारी दिए ।

बस अनियन्त्रित भएर दुर्घटना भएको उनले बताए । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्