Skip

Click here to see more…

News Portal

सडक निर्माणमा अवरोध गर्ने पर्खालमा पोखरा महानगरको डोजर चल्यो

सडक निर्माणमा अवरोध गर्ने पर्खालमा पोखरा महानगरको डोजर चल्यो

फेवाखबर संवाददातापोखरा ,६ फागुन ।
३२१ पटक
पोखरा ,६ फागुन ।

पोखरा महानगरपालिका वडा नं.१० मिलन टोल प्रवेश बिन्दु हुँदै जाने बाटो निर्माणमा अवरोध हुने गरी निर्माण गरिएको पर्खाल पोखरा महानगरपालिकाले हटाइदिएको छ ।

सार्वजनिक जग्गामा निर्माण गरिएको सो पर्खाल महानगरपालिकाले शुक्रवार हटाइदिएको हो । यस अघि पर्खाल हटाइ अवरोध खोल्न पटक पटक अनुरोध गरिएकामा अटेर भएपछि पोखरा महानगरपालिकाको नगर प्रहरीले सो पर्खाल भत्काइएको हो ।

प्राविधिक प्रतिवेदन अनुसार सिट नं.०९४–०९२१–२४ को कित्ता नं.५० मा बाटो कायम गरिएको फिल्ड बुक समेत प्राप्त भएकाले सोही प्रतिवेदनका आधारमा प्रमुख स्तरीय निर्णय गरी संरचना हटाउन अनुरोध गरे पनि त्यसको कार्यान्वयन हुन सकिरहेको थिएन । पटक पटक अटेर गरेपछि शुक्रवार महानगरपालिका आफैले डोजर लगाएर संरचना भत्काएको हो ।

प्रतिकृया दिनुहोस्