News Portal

एमालेको ‘मिसन ग्रासरुट’ अन्तर्गत गण्डकीमा पार्टी सुदृढीकरण विस्तार अभिमुखीकरण अभियान

एमालेको ‘मिसन ग्रासरुट’ अन्तर्गत गण्डकीमा पार्टी सुदृढीकरण विस्तार अभिमुखीकरण अभियान

फेवाखबर संवाददाता
२३० पटक

 

नेपाल (एमाले) को ‘मिसन ग्रासरुट’ अन्तर्गत गण्डकी प्रदेश कमिटीको आयोजनामा पोखरामा पार्टी सुदृढीकरण विस्तार अभिमुखीकरण कार्यक्रम भएको छ ।पोखरामा शुक्रबार भएको अभिमुखीकणमा एमाले नेताहरुले यो अभियानबाट संसदको दोस्रो ठूलो दल एमालेले नयाँ गति लिने विश्वास व्यक्त गरे ।
एमालेले शुक्रबारदेखि ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको हो । जसको एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।गण्डकी प्रदेशकेा अभिमुखीकरणमा पार्टी उपाध्यक्ष युवराज ज्ञवालीकेा प्रमुख अतिथि रहेकेा थियेा । पार्टीका उपमहासचिव एवं प्रचार तथा प्रसारण विभाग प्रमुख पृथ्वीसुव्वा गुरुङ, पार्टीका स्थाई समिति सदस्य एवं संगठन विभाग प्रमुख एवं गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी ,स्थाई समिति सदरय किरण गुरुङ , पार्टीका स्थायी कमिटी सदस्य थममाया थापा, पोलिट्व्युरो सदस्य गण्डकी सहइन्चार्ज जगतबहादुर विश्वकर्मा , लीलाबहादुर थापा, टुकराज सिग्देल, एमाले गण्डकी अध्यक्ष नवराज शर्मा, लगायतले तल्लो तहसम्म पुगेर पार्टी सुदृढीकरण अभियान सफल पार्नुपर्नेमा जोड दिए । कार्यक्रम एमाले गण्डकी प्रदेश इन्चार्ज एवं पार्टी सचिव पद्मा अर्यालको अध्यक्षतामा भएको हो ।
२ महिनासम्म चल्ने अभियानमा सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई विभिन्न ११ कार्यादेशसहित पालिकाहरुमा खटाइएको छ । उनीहरुले सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव संकलनजस्ता काम गर्ने जनाइएको छ । गण्डकीमा पनि केन्द्रीय सदस्यहरुलाई विभिन्न पालिकामा खटाइएको छ ।

प्रतिकृया दिनुहोस्