News Portal

नेचर अनुसारको फिचर बनाउनु पर्छ : प्रकाश बराल

नेचर अनुसारको फिचर बनाउनु पर्छ : प्रकाश बराल

फेवाखबर संवाददातापोखरा ,५ फागुन ।
६४९ पटक
पोखरा ,५ फागुन ।

आमाघर पाठशालाले पुम्दीभुम्दीको शैक्षिक विकासमा टेवा पराएको छ । हाम्रा दाजुभाइ वैदेशिक रोजगारीका शिलशिलामा विदेश जादा भाउजूबुहारीहरु सहर गएर आफ्ना सन्तानलाई गुणस्तरिय शिक्षा दिने भन्दै सहर जाने परिपाटीले समाजमा सामाजिक विकृति उत्पन भएको थियो त्यसता विकृतिलाई चिर्दै आमाघर पाठशालाले गाँउमा नै सर्वशुल्भ मुल्यमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आएकोमा गण्डकी प्रदेश सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि प्रकाश बरालले धन्यवाद व्यक्त गर्य । प्रमुख अतिथि बरालले नेचर अनुसारको फिचर हुने र प्राविधिक शिक्षामा जोड दिदै अग्रगामी छलाङ्ग मार्न आफुले सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्य ।
वडा नं २२ का वडाध्यक्ष तथा विशिष्ट अतिथि हिमलाल बरालले वडा र महानगर सदैव पाठशालाको साथमारहेको बताए । सरकारले गर्नु पर्ने काम पाठशालाले गरेकोमा धन्यवाद व्यक्त गर्य ।
नेपाली गाँउका साथीहरु नामक संस्थाले आमाघर पाठशाला स्थापनाको लागि वि सं २०६७ सालमा जग्गा खरिद गरि २०६८ सालमा भवन निर्माण सम्पन्न गरि तत्कालीन गाँउ विकास समितिबाट स्वीकृति पाप्त गरि २०६९ मा आमाघर पाठशाला नामबाट बाल विकास कक्षा सञ्चालन गरेको यस विद्यालयमा हाल २०७ जाना विद्यार्थी र २२ जाना शिक्षक कर्मचारी रहेका छन् । भावि दिनमा प्राविधिक शिक्षा सहित थप ९ र १० का कक्षा सञ्चालन गर्ने लक्ष्य रहेको अधयक्ष मोतीप्रसाद पौडेलले बताए ।
कार्यक्रममा पूर्व वडा अध्यक्ष मित्रलाल बराल , नरनाथ बराल , मिनु परियार , प्रकाश गुरुङ्ग लगायतले मन्तव्य राखेका थिए ।कार्यक्रम उत्कृष्ट शिक्षकमा एलिना गुरुङ्ग र उत्कृष्ट कर्मचारीमा नरसुभा बिक सम्मानित भएका छन् ।
आमाघर पाठशाला पोखरा २२ पुम्दीभुम्दी को ९ अौ वार्षिकोत्सव समारोह , अभिभावक दिवस एवम पुरस्कार वितरण कार्यक्रम शुक्रबार सम्पन्न ।

प्रतिकृया दिनुहोस्