फेवाखबर संवाददाताकाठमाडौं ,५ फागुन ।
काठमाडौं ,५ फागुन ।नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रीय अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् ।
२३ औं राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि बिहीबार मतदान गरिएको थियो । गएराति मतगणना गरिएकोमा अध्यक्षमा बडाल निर्वाचित भएका नेता सन्तोष राना क्षेत्रीले जानकारी दिए ।
बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुन् । काभ्रेको रोसी गाउँपालिका–९ का उनले अध्यक्षमा आरसी लामिछानेलाई हराएका हुन् ।
त्यस्तै, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट विजयी भएका छन् । त्यस्तै, नरेश रोकाया महासचिव निर्वाचित भएका छन् ।
सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र वितिता काफ्ले विजयी भएका छन् ।