News Portal

संघीयता टुहुरो भयो संस्थापक मुख्यमन्त्री : पृथ्वी सुब्बा गुरुङ्ग

संघीयता टुहुरो भयो संस्थापक मुख्यमन्त्री : पृथ्वी सुब्बा गुरुङ्ग

फेवाखबर संवाददातापोखरा ,४ फागुन ।
२३० पटक
पोखरा ,४ फागुन ।

गण्डकी प्रदेशका संस्थापक मुख्य मन्त्री पृथ्वीसुब्वा गुरुङले संघीता टुहुरो भएको बताउनु भएको छ । गण्डकी प्रदेश सरकार स्थापना भएको आज पाचँ वर्ष पुरा भएको अवसरमा आयोजीत वार्षिकोउत्सव कार्यक्रममा बोल्दै गुरुङले  केन्द्रीय सरकारका साझा सुचि धैरै र प्रदेश सरकारका एकल अधिकार थोरै हुदा काम गर्न कठिन भएको बताउनु भयो ।

सघं सरकारले निर्माण गरेको  कानुनले  प्रदेशको एकल अधिकार लाई हनन  गरेर कानुन निर्माण गरेको बताउनु भयो । संघले सरकारले  प्रदेश सरकारलाई अतित्रमण गरेको आरोप समेत लगाउनु भयो ।

नेकपा एमाले उप महासचिव समेत रहनु भएका गुरुङदे असमानता बाट समानता स्थापना गर्नको लागी संघीयता आएको बताउनु भयो ।  तर प्रदेश सरकार संचालन गर्न धेरै  चुनौति खडा भयको बताउनु भयो  । उहाँले भन्नुभयो “यो मुलुक सबै को हो तर ब्यबहारिक पक्ष कस्तो भयो ? नेता र राजनितिदहलहरुले ध्यान नदिदा संघियता टुहुरो भएको छ । ”  गुरुङ थप्नुहुन्छ,“प्रदेश स्थापना भए पछि आवश्यक संरचना थप्नु पर्ने ठाउँमा  जिल्लामा भएका  कार्यालयहरु समेत हटाएको छ अनि कसरि पुजिगत खर्च वृद्धि हुन्छ ? ”

सरकारले केन्द्रमा  वीत्त आयोग गठन गरेर आवश्कतामा आधारामा वजेट प्रदेशहरुमा वितरण गर्नु पर्ने बताउनु भयो । उहाँले  केन्द्रिय सरकारले प्रदेश बलियो बनाउन थोरै वजेट दिने र अधिकार थोरै दिदा कमजोर भएको बताउनु भयो । ।गण्डकी प्रदेश स्थापना भए पछि केही विशिष्ट कामहरु स्थापना भएको भन्दै  त्यसको निरन्तरता दिन समेत आग्रह गर्नुभयो ।

प्रतिकृया दिनुहोस्