News Portal

जोमसोमबाट पोखरा आउदै गरेको बस कालिगण्डकीमा दुर्घटना

जोमसोमबाट पोखरा आउदै गरेको बस कालिगण्डकीमा दुर्घटना

फेवाखबर संवाददातापोखरा , ३ फागुन ।
३६० पटक
पोखरा , ३ फागुन ।

मुस्ताङ्ग  जोमसोमबाट पोखराका लागि छुटेको बस दुर्घटना भएको छ।

म्याग्दी कोरलाको  ना ७ ख ७४४० नम्बरको यात्रुबाहक बस बेनी–जोमसोम कोरला सडक अन्तर्गत लेतेमा दुर्घटना भएको हो। दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन्।

बस सडकबाट बस ४० मिटर तल खसेर कालिगण्डकी नदीमा खसेको छ।

दुर्घटनाका घाइतेलाई स्थानीय लेते स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी गम्भीर घाइते भएका ९ जनालाई गण्डकी अस्पताल पोखरामा पठाइएको छ।

दुर्घटनाको थप विस्तृत विवरण आउन बाँकी छ।

प्रतिकृया दिनुहोस्