News Portal

पोखराको महेन्दपुलमा कार दुर्घटना , घाइते २ जानाको गण्डकी अस्पतालमा उपचार भइरहेको छ

पोखराको महेन्दपुलमा कार दुर्घटना , घाइते २ जानाको गण्डकी अस्पतालमा उपचार भइरहेको छ

फेवाखबर संवाददातापोखरा , २९ माघ ।
२३२ पटक
पोखरा , २९ माघ ।

पोखराको महेन्द्रपुलमा दिउसोको करिब १ः ३० बजे तिब्र  गतिमा आएको निजी सेतो रङ्गको पजेरोले गाडी एकासी अनियन्त्रीत भएर सडक पार गरिरहेका ३ जना पैदलयात्रीलाई ठक्कर दिएको छ । ठक्करबाट घाइते भएका ५२ वर्षे फूलमाया बिक र १८ वर्षे विष्णु विकको पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

अर्का एकको अवस्था भने सामान्य रहेको छ । सामान्य अवस्था रहेका पैदलयात्री वसन्त रसाइली हुन ।

 

तीब्र गतिमा रहेको बा १३ च २६६२ नम्बरको पजेरोले पैदलयात्रीलाई ठक्कर दिएपछि पुलको बारमा गएर ठोक्किएको थियो ।

पुलको बारमा ठोक्किँदा पजेरो नदीमा खस्नबाट बचेको छ । दुर्घटना प्रश्चात चालक चन्द्रबहादुर थापालाई जिल्ला प्रहरी कार्यलयाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

 

प्रतिकृया दिनुहोस्