News Portal

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्ने

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्ने

फेवाखबर संवाददातापोखरा , २६ माघ ।
१७६ पटक
पोखरा , २६ माघ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ३ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमिल्सिनाले जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीबीच बिहीबार भएको भेटवार्तापछि संयन्त्रको बैठक बोलाउने सहमति भएको थियो। बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिहरूको उपस्थिति हुनेछ।

संयन्त्रका संयोजक एमाले अध्यक्ष ओली हुन्। संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछिको अवस्था, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लगायतका विषयमा छलफल हुने बुझिएको छ। रास्वपा सरकारबाट बाहिरिएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि छलफल हुने बताइएको छ।

प्रतिकृया दिनुहोस्