News Portal

एमालेको उम्मेदवार राष्ट्रपति भए ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्ने टिप्पणी : गगन थापा

एमालेको उम्मेदवार राष्ट्रपति भए ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्ने टिप्पणी : गगन थापा

फेवाखबर संवाददातापोखरा ,२५ माघ ।
२४३ पटक
पोखरा ,२५ माघ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले राष्ट्रपतिमा अघि सार्ने उम्मेदवारलाई हराएरै छाड्ने दाबी गरेका छन्।

लोकतन्त्र संवाद केन्द्रले बुधबार आयोजना गरेको ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा उनले एमालेले अघि सारेको उम्मेदवारलाई हराएरै छाड्ने दाबी गरेका हुन्।

उनले एमालेले अघि सारेको राष्ट्रपतिको उम्मेदवार विजयी भए संविधान दुर्घटनामा जाने पनि उल्लेख गरे। हिजोको राष्ट्रपतिका कारण फेरि एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान दुर्घटनामा पर्छ कि भन्ने डर रहेको उनले सुनाए ।

थापाले एमालेको उम्मेदवार राष्ट्रपति भए ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्ने टिप्पणी गरे।

महामन्त्री थापाले भने, ‘राष्ट्रपति एमालेले आफ्नो कार्यकर्ता बनायो भने त्यो ‘सम्माननीय कठपुतली राष्ट्रपति’ भने हुन्छ । अस्ति अभ्यास त भइसक्यो। त्यसले विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ। संविधानले दिँदै नदिएको शक्तिको अभ्यास गर्छ। त्यसले बालुवाटारले मात्रै होइन शीतलनिवासले पनि कार्यकारी अधिकारको प्रयोग गर्न थाल्छ। त्यसले संविधानलाई दुर्घटना पार्छ। हामी एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौं। हराएरै छाड्छौं। त्यतातर्फ लाग्छौं लाग्छौं।’

नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले गत मंसिरको चुनावमा गठबन्धन गरेर त्यसलाई चुनावपछि निरन्तरता दिन नसकेकोमा जनतासँग क्षमा माग्नुपर्ने बताए।

उनले सरकार छाड्दै गर्दा समर्थन फिर्ता लिनुपर्दैन ?भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रश्न गरे।

प्रतिकृया दिनुहोस्