Skip

Click here to see more…

News Portal

माघ २३ गतेदेखि पोखराका मुख्य शहरी सडक खण्डमा पार्किङ गर्न नपाइने

माघ २३ गतेदेखि पोखराका मुख्य शहरी सडक खण्डमा पार्किङ गर्न नपाइने

फेवाखबर संवाददातापोखरा ,१७ माघ ।
२७१ पटक
पोखरा ,१७ माघ ।

पोखरा महानगरपालिका अन्र्तगतका मुख्य शहरी क्षेत्रका सडक छेउमा पार्किङ गर्न नपाइने भएको छ । महानगरले सोमबार (आज) सूचना जारी गर्दै माघ २३ गतेदेखि लागुहुने गरी सडक छेउमा पार्किङ गर्न नपाइने जनाएको हो ।

पोखराको पृथ्वीचोक, सभागृहचोक, न्यूरोड, विपिचोक, चिप्लेढुंगा, महेन्द्रपुल र नयाँबजार खण्डका सडकमा पार्किङ नगर्न आग्रह गरेको छ । महानगरपालिका यातायात व्यवस्थापन समितिको आज बसेको बैठकले मुख्य शहरी क्षेत्रको सडक खण्डमा सवारीको चाप अत्याधिक वृद्धि भई आवागमनमा प्रत्यक्ष असर परेको र शहरी सौन्र्दयीकरणमा समेत असर पर्न गएकाले पार्किङ निषेध गर्ने निर्णय गरेको महानगरद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

उल्लेखित स्थानहरुको सडक क्षेत्रमा महानगरले पूर्ण रुपमा पार्किङ निषेध गरेको हुनाले तोकिएको क्षेत्रहरुमा मात्र पार्किङ गर्न सम्पूर्ण सरोकारवाला निकायमाहरु पोखरा महानगरपालिकाले आग्रह गरेको छ । महानगरले सूचनाको अवज्ञा गरी निषेधित क्षेत्रमा पार्किङ गरेको पाइएमा नियमानुसार हुने पनि जनाएको छ ।

प्रतिकृया दिनुहोस्