News Portal

टेलिभिजन पत्रकार मगरलाई ‘तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार

टेलिभिजन पत्रकार मगरलाई ‘तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार

फेवाखबर संवाददातापोखरा , १६ माघ ।
१७८ पटक
पोखरा , १६ माघ ।

एबिसी टेलिभिजनका गण्डकी ब्यूरो प्रमुख एमबी आस्थामगरलाई तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकीको दोस्रो प्रदेश अधिवेशनको अवसरमा संचारकर्मी तथा गायक स्वं सुवेदीको स्मृतिमा स्थापित सो पुरस्कारबाट आज ९सोमबार० पुरस्कृत भएका हुन्।

उनलाई कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका संस्थाका केन्द्रीय अध्यक्ष रमेश बिजीले सम्मानपत्र, दोसल्ला तथा नगद राशी अर्पण गरे।

सो अवसरमा बोल्दै केन्द्रीय अध्यक्ष बिसीले कलाकारलाई देशको गहना भएतापनि अहिलेसम्म स्तरीय सम्मान दिन नसकेको बताए। उनले लोक तथा दोहोरीगीतको विकासका लागि कलाकारसंबद्ध संस्थाले मात्रै नभएर सरकारी निकायले पनि ध्यान दिन आवश्यक रहेको धारणा राखेका थिए।

प्रतिष्ठानले सोही कार्यक्रमकाबीच विभिन्न विधामा योगदान पुर्याएका व्यक्तित्व तथा अग्रज कलाकारहरुलाई सम्मान प्रदान गरिएको थियो।

सो कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष पुर्षोत्तम न्यौपाने, प्रजापति पराजुली लगायतले शुभकामना व्यक्त गरेका थिए।

पुरस्कृत आस्थामगर विगत २ दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशिल छन । उनी नेपाल आदिवासी जनाजाति महासंघका गण्डकी प्रदेश इन्जार्चसमेत हुन ।

टेलिभिजन पत्रकार मगरलाई ‘तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार

प्रतिकृया दिनुहोस्