Skip

Click here to see more…

News Portal

सर्वोच्चले अनागरिक ठहर गरेको दोस्रो दिन दाजुसँग देखिए : पूर्व गूहमन्त्री रवि लामिछाने

फेवाखबर संवाददातापोखरा, १४ माघ ।
३०० पटक
पोखरा, १४ माघ ।

सर्वोच्च  अदालतको फैसलापछि नागरिकताविहीन बन्दै उपप्रधानमन्त्री, गृहमन्त्री, सांसद, पार्टी सभापति र संसदीय दलको नेता सबै पद गुमाएका रवि लामिछाने दोस्रो दिन दाजुसँगै देखिएका छन् ।

फोटोमा दाजुसँगै देखिएका रवि निराश मुद्रामा देखिन्छन् ।
उनका दाजु एवं पत्रकार हरिशरण लामिछानेले दाजुभाइको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘हामी यहाँ छौं, तर भोलि कहाँ पुग्छौं त्यो समयले परख गर्छ’ लेखेका छन्। एउटा ढोका बन्द हुँदा हजार ढोकाहरू खुल्ने भन्दै उनले धैर्यपूर्व बस्ने र आशावादी बन्न आग्रह गरेका छन् ।

‘आज ‘हामी यहाँ छौँ’ तर भोलि कहाँ पुग्छौ त्यो समयले परख गर्ने छ। एउटा ढोका बन्द हुँदा हजार ढोकाहरू आफैँ खुल्नेछन्। देश विदेशका शुभचिन्तक साथीहरू धैर्य राखौँ, शान्त बसौँ, सकारात्मक र आशावादी बनौँ। (फोटो पोस्ट नगर्ने सल्लाह थियो तर मन मानेन)’ उनका दाजु हरिशरणले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

अमेरिकी नागरिकता त्यागे पनि रविले नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया नबढाएपछि उनलाई कानुनबमोजिम प्रक्रिया पूरा नगरेकोमा अदालतले दोषी ठहर गरेको हो ।

कानुनी प्रक्रिया पूरा गरेर नागरिकता प्राप्तिका लागि निवेदन दिनुपर्नेमा उनले पहिले त्यागेको नागरिकता देखाएर चितवन-२ बाट प्रतिनिधिसभाको चुनाव लडेर जितेका थिए ।

तर नागरिकतको कारण नै रविले सांसद बन्ने योग्यता नपुगेको भन्दै अदालतले उनको सांसद पद खारेज गरेको हो ।

योग्यता नपुगेको भन्दै सांसद पद खारेज गरेपछि उनले बहन गर्दै आएका सबै पद गएका हुन्।

टेलिभिजन प्रस्तोताको पेशा छोडेर रवि राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरी ४ मंसिरको चुनावमा होमिएकाम थिए ।

जसमा प्रत्यक्षमा ७ र समानुपातिका उनको दलले १३ गरी २० सिट जितेको थियो ।

प्रतिकृया दिनुहोस्