News Portal

शोकलाई शक्तिमा बदलौ : कानूनमन्त्री गाहामगर

फेवाखबर संवाददातापोखरा, १४ माघ ।
२०९ पटक
पोखरा, १४ माघ ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहामगरले शोकलाई शक्तिमा बदल्दै आगाडि बढ्नुपर्ने बताएका छन ।
नेपाल पत्रकार महासंघ कास्की तथा गण्डकी प्रदेश समितिद्वारा दिवगंत पत्रकार त्रिभुवन पौडेल तथा सञ्चारकर्मी अनिल शाहीको १३ औ पुण्य तिथिमा शुक्रबार आयोजित श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गाहामगरले यस्तो अभिव्यक्ति दिएका हुन ।
मन्त्री गाहामगले दुर्घटनामा परि मृत्युभएका दुवै पत्रकारहरुको योगदानको उच्च मूल्याङ्कन गरि महासंघले उहाँहरुको योगदानलाई जीवन्त राख्नेगरि रचनात्मक काम गर्नुपर्ने धारणा व्यक्त गरे । ‘लोकप्रिय पत्रकारहरु आज हामीमाझ नभएपनि उहाँहरुको लक्ष्य र योगदानलाई स्मरण गर्नैपर्छ, मन्त्री गाहामगरले भने, ‘उहाँहरुको योगदानलाई जीवन्त राख्नको लागि यहाँहरुको महासंघले रचनात्मक काम गर्नु आवश्यक छ ।’
मन्त्री गाहामगले मिडिया क्षेत्र आफ्नो कार्यक्षेत्र भित्र पर्ने बताउदै आगामी दिनमा मन्त्रालयको तर्फबाट मिल्ने सहयोग गर्ने उल्लेख गरे ।
यसैगरी पत्रकार महासंघ गण्डकीका संस्थापक सल्लाहकार रविन्द्र बास्तोलाले यती एयरको जहाज दुर्घटनाले पोखराको मात्र नभई नेपालकै क्षति भएको बताए । बास्तोलाले पोखरेली पत्रकार द्वयको देहवसानले पत्रकारितामै ठुलो धक्का पुगेको धारणा व्यक्त गरेका थिए ।
श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सल्लाहकार निर्मला शर्मा, कास्की शाखाका कार्यसमिति सदस्य शिवराज बास्टाकोटी लगायतले शोक वक्तव्य व्यक्त गरेका थिए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासंघ गण्डकीका सदस्य सुनिल पाण्डेले गरेका थिए । सो कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिहरु तथा पक्रकारहरुले १३ औं पुण्य तिथिमा दिवंगत आत्माको चीर शान्तिको कामनासहित दिव प्रज्वलन गरेका थिए ।
दिवंगत त्रिभुवन पौडेल नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष, महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष र हाल महासंघका केन्द्रीय सदस्य थिए । यस्तै सञ्चारकर्मी अनिल शाही एपोस्टल एफएम सञ्चालन गर्दै आएका थिए ।
काठमाडौंबाट पोखरा उडेको यती एयरको जहाज गत माघ १ गते सेती खोँचमा दुर्घटनाग्रस्त हुँदा चालकदलका ४ सदस्य र ६८ यात्रु गरि ७२ जनाको ज्यान गएको थियो ।

प्रतिकृया दिनुहोस्