News Portal

ओखलढुंगा राई दम्पती हत्या : १५ दिनपछि काठमाडौंबाट समातिए २ अभियुक्त

फेवाखबर संवाददाता
१११ पटक

 ओखलढुंगामा भएको राई दम्पती हत्याका अभियुक्त १५ दिनपछि काठमाडौंबाट पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले राई दम्पती हत्यामा संलग्न भएको आरोपमा काठमाडौंबाट १७ वर्षीय किशोरसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ओखलढुंगाकै चिशंखुगढी गाउँपालिका–६ घर भएका ३४ वर्षीय धनबहादुर राना मगर र एक १७ वर्षीय किशोर छन् ।

उनीहरूले चिशंखुगढी गाउँपालिका–६ का ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती ८० वर्षीया चन्द्रमाया राईको १२ माघको राति हत्या गरेको पाइएको प्रहरीले बताएको छ । लुट्ने उद्देश्यले उनीहरू काठमाडौंदेखि ओखलढुंगा गएर हत्या गरेको पाइएको सीआईबीले बताएको छ ।

खाट छेउको भुईंमा सिरक ओडेको अवस्थामा राई दम्पती मृत भेटिएका थिए । हत्यामा प्रयोग भएको कोदालो समेत प्रहरीले बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस्