Skip

Click here to see more…

News Portal

जहाज दुर्घटनास्थलमा १३ औँ दिनको पुण्य तिथि पारेर श्रद्धाञ्जली अर्पण तथा विशेष पूजा गर्न स्थानीयको माग

फेवाखबर संवाददातापोखरा ११ माघ ।
६९४ पटक
पोखरा ११ माघ ।

विमान दुर्घटनामा मृत्यु भएकाको १३ औँ दिनको पुण्य तिथि पारेर दुर्घटना स्थलमा श्रद्धाञ्जली अर्पण तथा विशेष पूजा गरिने भएको छ।
गत माघ १ गते यति एअरको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विशेष पूजा गरिने भएको हो।

मृतक आत्माहरूको चीर शान्तिको कामना गर्दै आगामी १३ गते शुक्रवार बिहान ८ बजेदेखि ११ बजेसम्म ३ घण्टा श्रद्धाञ्जली सभा पश्चात विशेष पूजा गरिने श्री शुक्लेश्वर महादर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष घनश्याम भण्डारीले  जानकारी दिए।

भण्डारीका अनुसार उक्त दिन पण्डितहरूका साथै बह्मकुमारीहरू बाट पूजा पाठ, दीप प्रज्वलन, स्वस्ति शान्ति गरी गीता पाठ गर्नुका साथै हवन गरी मृतक आत्माहरूको शान्तिको कामना गरिनेछ। उक्त अवसरमा विभिन्न धर्ममा विश्वास राख्ने जो कसैले पनि आफ्नो संस्कार अनुरूप कार्य गर्न सक्ने अध्यक्ष भण्डारीले जानकारी दिए।

उक्त दिन मृतकका परिवार, आफन्त, नागरिक समाज, राजनीतिक दल, सुरक्षाकर्मी, वायुसेवामा कार्यरत कर्मचारी, बुद्धिजीवी, समाजसेवी पत्रकार लगायत सम्पूर्ण सर्वसाधारणलाई दुर्घटना स्थलमा जम्मा भई श्रद्धाञ्जली अर्पण गर्न तथा विशेष पूजामा सहभागी हुन अध्यक्ष भण्डारीले आग्रह गरे।

प्रतिकृया दिनुहोस्