News Portal

मणिपाल शिक्षण अस्पताल र पिपल्स सहकारी बिच सम्झौता

फेवाखबर संवाददातापोखरा , १० माघ ।
३५८ पटक
पोखरा , १० माघ ।

मणिपाल शिक्षण अस्पताल र पिपल्स सहकारी बिच ‘कर्पोरेट स्वास्थ्य जाँच योजना मा सहमति भएको छ । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘व्यवसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’मा अस्पताल र पिपल्स सहकारी बिच मङ्गलबार सहमति भएको हो ।

पिपल्स सहकारी संस्थाका सम्पूर्ण सेयर होल्डर र कार्यरत कर्मचारीहरुले मणिपाल शिक्षण अस्पतालको स्वास्थ्य सेवामा छुट पाउने छन् । मणिपाल शिक्षण अस्पताल पोखरा र पिपल्स बचत तथा ऋण सहकारी संस्था ली बीच स्वास्थ्य सेवा सुबिधा सम्बन्धी सहमती भएसँगै पिपल्स सहकारीमा आवद्ध सेयर होल्डर र कर्मचारीहरुले सो सुविधा पाउने भएका हुन् ।

मणिपाल शिक्षण अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनील ओडुविल र पिपल्स सहकारीका उपाध्यक्ष दिपेन्द्र श्रेष्ड  बीच सहमति पत्रमा हस्ताक्षर भएको हो । अस्पतालका तर्फबाट सम्पर्क व्यक्तिका रुपमा सन्चालक कुष्णमोहन श्रेष्ठ र सहकारीका तर्फबाट महेश पौडेल रहेका छन् ।

सहमति पत्रमा हस्ताक्षर भए अनुसार अबपिपल्स सहकारीका सम्पूर्ण सेयर होल्डर र कर्मचारीहरुले मणिपालको स्वास्थ्य सेवा लिँदा दर्ता शुल्कमा पूर्ण छुट । त्यस्तै, प्रालीका सेयर  होल्डर र कर्मचारीहरुले मणिपालको साधारण बेडमा २५ प्रतिशत, निःशुल्क चिकित्सकीय परामर्श, साधारण एमआरआइ र सिटी स्क्यानमा १० प्रतिशत छुट पाउने छन । ‘न्यूरो सर्जरी तथा अति विशिष्ट सेवा बाहेकका अन्य शल्यक्रियामा १० प्रतिशत छुट दिइनेछ,’सम्झौतापत्रमा भनिएको छ,‘नियमित जाँचमा १५ प्रतिशत छुटको व्यवस्था छ ।’

सम्झौता आज बाट नै कार्यन्वयन हुने र सेवा उपभोग्य गर्न अनिवार्य संस्थाको फोटो सहितको परिचय पत्र रिएर आउनु पर्ने अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्