Skip

Click here to see more…

News Portal

साउदी अरेबियामा ग्लोवल एआई शिखर सम्मेलनको शुरु

फेवाखबर संवाददाता
१५९ पटक

ग्लोवल आर्टिफिसियल इन्टेलिजेन्स समिट (एआई) को तेस्रो संस्करण मंगलवार रियादमा शुरु भएको छ । एआईलाई अपनाउन र विश्वव्यापी सम्बन्धित प्रविधिहरूको रणनीतिक प्रयोग सुनिश्चित गर्न सम्मेलन शुरु भएको हो । मानवताको भलाइको लागि एआई सीमाहरुलाई सुनिश्चित गर्ने साउदी डाटा र आर्टिफिसियल इन्टेलिजेन्स अथोरिटीका अध्यक्ष अब्दुल्लाह बिन् शराफ अल घामदीले बताउनु भयो । साउदी डाटा एण्ड आर्टिफिसियल इन्टेलिजेन्स अथोरिटीका अनुसार शिखर सम्मेलनमा ४५० भन्दा बढी एआई विशेषज्ञ, नीति निर्माता र उद्यमीहरु वार्ता, अन्तर्वार्ता, छलफल र बहसमा सहभागी हुनभएको छ ।

प्रतिवेदनका अनुसार २०३० सम्ममा साउदी देशको कुल गार्हस्थ्य उत्पादनमा एआईको योगदान १२ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्