Skip

Click here to see more…

News Portal

युक्रेन पोल्टाभामा रुसी मिसाइल आक्रमण ५१ जनाको मृत्यु

फेवाखबर संवाददाता
१४६ पटक

किभ । युक्रेनको पोल्टाभामा रुसी मिसाइल आक्रमणमा हालसम्म ५१ जनाको मृत्यु भएको छ । पोल्टावा युक्रेनको दोस्रो ठूलो सहर खार्किभबाट १३० किलोमिटर टाढा छ। रुसले आक्रमण गरेको मिसाइल इस्कन्डर एम ब्यालेस्टिक मिसाइल हो जसले ५०० किलोमिटरसम्म मार हान्न सक्छ । यो मिसाइलमा ७०० केजी विस्फोटक अटाउने बीबीसी समाचारमा उल्लेख छ।

हिजो राति युक्रेनी सेनाले क्रिमियाबाट इस्कन्डर मिसाइल प्रहार भएको बताएको थियो। क्रिमियादेखि पोल्टाभाको दूरी लगभग ४३० किलोमिटर छ।

पोल्टावालाई किन लक्षित गरियो

पोल्टावा रुसी सिमानाबाट १४० किलोमिटर टाढा छ। जसका कारण ५० भन्दा बढीको मृत्यु भएको छ । युक्रेनी रक्षा मन्त्रालयले पोल्टावाका लागि यो डरलाग्दो दिन भएको बताएको छ । हवाई आक्रमणको साइरन र मिसाइल आक्रमणको बीचमा एकदम कम समय भएकोले धेरै क्षति भएको जनाएको छ।

प्रतिकृया दिनुहोस्