News Portal

सुनको भाउ आज ६ सय रुपैयाँले घट्यो

फेवाखबर संवाददाता
६९ पटक

काठमाडौं । सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ ६ सय रुपैयाँले घटेर तोलामा एक लाख ५२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ५२ हजार नौ सय रुपैयाँ रहेको थियो । गएको भदौ १३ गते बिहीवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार दुई सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज २५ रुपैयाँले घटेर तोलाको एक हजार सात सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस्