Skip

Click here to see more…

News Portal

नेपाल आयल निगम महेन्द्रनगर डिपोका एक कर्मचारीको हत्या

फेवाखबर संवाददाता
१२६ पटक
जनकपुरधाम । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा एक कर्मचारीको हत्या भएको छ । नेपाल आयल निगम लिमिटेड महेन्द्रनगर डिपोस्थित एक कर्मचारीको हत्या भएको हो ।
 
नेपाल आयल निगम लिमिटेडका कर्मचारी राकेश वर्माको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आयल निगमकै दुई कर्मचारीबीच भएको आपसी झगडाको क्रममा वर्माको हत्या भएको हो । बिहीबार राति १० बजेतिर उक्त घटना भएको हो। घटनापछि फरार रहेका आरोपितलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
 
सरसफाइको कुरामा विवाद हुँदा वर्मामाथि बेल्चा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयाे । वर्मा नेपाल आयल निगम लिमिटेडमा ज्यालादारीका कर्मचारी हुनुहुन्थ्याे ।
प्रतिकृया दिनुहोस्