News Portal

‘लागुऔषध दुर्व्यसनको सञ्जाल नै खडा गरी व्यापार गर्नेलाई समाजबाट नै बहिस्कार गर्नुपर्छ’ :-माधव नेपाल

फेवाखबर संवाददाता
८९ पटक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लागुऔषध दुर्व्यसनविरुद्ध युवा तथा विद्यार्थी जाग्न आवश्यक रहेको बताउनुभएकाे छ। दोलखामा रहेको गाईखुरा युवा क्लबले आयोजना गरेको लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रममा अध्यक्ष नेपालले लागुऔषध दुर्व्यसन तथा कुलतबाट जोगाउनका लागि युवा एवं विद्यार्थीको भूमिका अहम रहने बताउनुभएकाे हाे।

”पछिल्लो समय लागुऔषध दुर्व्यसनमा धेरैजसो युवा पुस्ता फस्दै गएको पाइन्छ । त्यसैले यसविरुद्ध विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थी र सामाजिक क्षेत्रमा सक्रिय युवाहरू त्यसविरुद्ध सचेतना अभियानसहित जाग्नुपर्छ,”लागुऔषध दुर्व्यसनका कारण युवाहरूले अकालमै जीवन गुमाउने परेको उल्लेख गर्दै उहाँले यसविरुद्ध सबै एकजुट हुन आग्रह गर्नुभयाे।

उहाँले लागुऔषध दुर्व्यसनको सञ्जाल नै खडा गरी व्यापार गर्नेलाई समाजबाट नै बहिस्कार गर्नुपर्ने आवश्यक रहेको बताउनुभयाे । यसका लागि कठोर कानुन आवश्यक रहेको उहाँको भनाइ थियो । त्यस अवसरमा नेकपा (माओवादी केन्द्र) सांसद गङ्गा कार्की, नेपाली कांग्रेसका नेता अजयवावु सिवाकोटी, विशेष अदालतका उपन्यायाधिवक्ता कृष्णा भण्डारी, पूर्वराजदुत डा. विश्वहरि नेपाललगायतले धारणा राख्नुभएकाे थियाे।

प्रतिकृया दिनुहोस्