News Portal

नारायणगढ-मुग्लिन सडककाे सत्रकिलाेमा ढुंगाले लागेर बस पल्टियाे, २५ यात्रु घाइते

फेवाखबर संवाददाता
५२ पटक

चितवनको मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ काे १७ किलाेमा सडक माथिबाट खसेको ढुङ्गाले लागेर एउटा बस पल्टिएको छ ।

रौतहटको गौरबाट पोखराका लागि छुटेको ग २ ख ४७ नम्बरको बस सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बसमा ३०/३५ जना यात्रु रहेका र तीमध्ये २५ जना घाइते भएका प्रहरीको भनाइ छ ।

घाइतेमध्ये सात जनाको भरतपुर अस्पतालमा, आठ जनाको पुरानो मेडिकल कलेजमा र १० जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ढुङ्गाले लागेको बसमा क्षति पुगेको छ । सडकमा अवरोध नरहेको र गाडी चलिरहेका प्रहरीले जनाएको छ ।

यसअघि, गएको असार २८ गते मुग्लिन–नारायणगढ सडक खण्डकै १७ किलोमा पहिरोबाट झरेको ढुङ्गाले लागेर लु २ ख ६५६६ नम्बरको बसका चालक नवलपरासीका मेघनाथ विकको ज्यान गएको थियो । त्यसै दिन सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस बगाएको थियो ।

प्रतिकृया दिनुहोस्