Skip

Click here to see more…

News Portal

सहकारी रकम ठगी छानबिन समितिद्वारा रवि लामिछानेसँग सोधपुछ सुरू

फेवाखबर संवाददाता
१४७ पटक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ सुरू भएको छ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले लामिछानेसँग सोधपुछ सुरू गरेको हो । उनीभन्दा अगाडि बोलाइएका छविलाल जोशीसँग सोधपुछ लम्बिएपछि रविसँग ढिलागरी सोधपुछ सुरू भएको समिति सचिवालयले जनाएको छ ।

छविलाल जोशी गोरखा मिडिया नेटवर्कका सञ्चालक हुन् भने राजनीतिमा आउनु अगाडि रवि लामिछाने गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक थिए । दुवैलाई समितिले शुक्रबार सोधपुछमा बोलाएको थियो ।

प्रतिकृया दिनुहोस्