News Portal

कास्की प्रहरीद्वारा २७ जना फरार प्रतिवादी पक्राउ

२७ जना फरार प्रतिवादीहरु पक्राउ

फेवाखबर संवाददाता
२५० पटक

सम्मानित अदालतको फैसला कार्यान्वयनको लागि २७ जना फरार प्रतिवादीहरु पक्राउ

मिति २०८१ साल श्रावण १ गतेदेखी ऐ.३२ गतेसम्म जिल्ला प्रहरी कार्यालय कास्की
तथा मातहत प्रहरी कार्यालयहरु समेतबाट खटिएको प्रहरी टोलिले सम्मानित अदालतबाट
विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना (पुरुष-
२२ जना, महिला- ५ जना) फरार प्रतिवादिहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि
सम्मानित अदालतमा बुझाइएको ।
निजहरुबाट ४ वर्ष ९ महिना २ दिन कैद सजाय र रु.२,१०,८२५।- (दुई लाख दश
हजार आठ सय पच्चिस) जरिवाना असुल गर्नको लागि सम्मानित अदालतमा उपस्थित
गराईएको ।

पक्राउ व्यक्तिहरु तथा मुद्दाको संख्यात्मक विवरण :

1. चेक अनादार मुद्दामा – १३ जना,
2. लागू औषध मुद्दामा – ५ जना,
3. चोरी सम्बन्धी मुद्दामा – ३ जना,
4. केही सार्वजनिक अपराध मुद्दामा – २ जना,
5. आगो लगाएको सम्बन्धी मुद्दामा – २ जना,
6. लेनदेन बिगो सम्बन्धी मुद्दामा – २ जना ।

प्रतिकृया दिनुहोस्