Skip

Click here to see more…

News Portal

आज यी स्थानमा मध्यमदेखि भारी वर्षा हुने

देशभर मौसम

फेवाखबर संवाददाता
१७४ पटक

देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पनि मनसुनको न्यूनचापीय रेखा सरदरस्थानमै रहेको छ।

मौसमविद् सरोज पुडासैनीका अनुसार अहिले कोशी, बागमती र गण्डकीमा साधारणदेखि आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।

त्यस्तै बागमती प्रदेशको काभ्रे र मकवानपुरमा हल्का वर्षा भइरहेको छर।

सोमबार दिउँसो सबै प्रदेशमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद् पुडासैनीले जानकारी दिए।

कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको पनि उनले बताए।

उनकाअनुसार दिउँसोको तुलनामा आज राति कम पानी पर्ने सम्भावना छ।

कोशी, ‍बागमति, गण्डकी र लुम्बनीका थोेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको मौसमविद् पुडासैनीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्