News Portal

भारतीय विदेश सचिव मिस्री काठमाडौंमा

मिस्री नेपालमा

फेवाखबर संवाददाता
२३१ पटक

भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आएका छन्।

परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा मिस्री नेपाल आएका हुन्।

नेपालको दुई दिने भ्रमणका लागि मिस्री आइतबार बिहान काठमाडौं आइपुगेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव लम्सालले स्वागत गरेकी छन्।

नेपाल-भारत सम्बन्ध र पारस्परिक हितका विभिन्न विषय तथा आपसी सहयोग विस्तारलगायत विषयमा परराष्ट्र सचिवहरूबीच कुराकानी हुनेछ।

नेपालमा रहँदा विदेश सचिव मिस्रीले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन्। उनी साउन २८ गते स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिकृया दिनुहोस्