Skip

Click here to see more…

News Portal

मौसममा केही सुधार, केही स्थानमा भारी वर्षा हुने

मौसममा केही सुधार,

फेवाखबर संवाददाता
१०७ पटक

दुई दिन अघिको जस्तो मौसमी अवस्थामा केही सुधार आएको मौसमविद्ले बताएका छन् । यद्यपि मनसुन सिजन जारी रहेकाले केही स्थानमा भारी वर्षा हुने र त्यसबाट क्षति पुग्न सक्ने सम्भावना भने कायमै रहने छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले साउन २२ र २३ गते ३४ जिल्लामा अति जोखिम हुने भन्दै रेड अलर्ट जारी गरेको थियो । आज त्यो अवस्था नरहेको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । ‘हिजो अस्तीको जस्तो रेड अलर्ट अब छैन,’ उनले अनलाइनखबरसँग भने ।

महाशाखाले २१ गते विशेष बुलेटिन जारी गर्दै २२ गतेदेखि २३ गतेसम्म ३४ जिल्ला अति जोखिममा र ३६ जिल्ला मध्यम जोखिममा रहेकाले सतर्कता अपनाउन भनेको थियो । अति जोखिममा रहेका जिल्लामा रात्रिबस नचलाउन सरकारले निर्देशनसमेत दिएको थियो ।

त्यतिबेला मनसुन न्यूनचापीय रेखा नेपालतर्फ सरेको थियो । मनसुन न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतिर सर्दा नेपालको आकाशमाथि हुन्छ र नेपालमा बढी वर्षा हुने गर्दछ । अहिले भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थान (नेपालबाट दक्षिणतर्फ) सरेको छ । त्यसैले अघिल्ला दिनको जस्तो अति जोखिम नरहेको मौसमविद्को भनाइ छ ।

प्रतिकृया दिनुहोस्