Skip

Click here to see more…

News Portal

मर्दी हिमाल आधार शिविर (बेसक्याम्प) मा मानव अवशेष फेला

मर्दी हिमाल आधार शिविर (बेसक्याम्प) मा मानव अवशेष फेला

फेवाखबर संवाददाता
११८ पटक

पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित प्रख्यात मर्दी हिमाल आधार शिविर (बेसक्याम्प) मा मानव अवशेष फेलापरेको छ ।

माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले स्थानीय पर्यटन व्यवसायीले शुक्रबार साँझ मानव अवशेष भेटिएको बारेमा शनिबार जानकारी गराएको बताए । उनका अनुसार कपडाको आडमा मानव अस्थिपञ्जर भेटिएको छ ।

‘स्थानीयले अवशेष देखेर खबर गर्नुभएको छ । भौगोलिक रूपमा अत्यन्त विकट भएकाले कसरी ल्याउने भन्नेबारेमा प्रहरी प्रशासन र गाउँपालिकासँग छलफल गरी राखेका छौँ,’ वडाध्यक्ष क्षेत्रीले भने । अवशेषसँगै एउटा आइफोन, च्यातिएका अवस्थामा कपडाहरु, स्लिपिङ व्याग लगायत सामग्री समेत भेटिएको उनले बताए । भेटिएको सो अवशेष गत पुस १३ गते मर्दी पदयात्राका क्रममा हाइक्याम्पबाट हराएका स्वीडेनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग हुनसक्ने आशङ्का गरिएको छ । पदमार्गको हाइ क्याम्पबाट मर्दी आधार शिविरतर्फ जानेक्रममा हराएका मिचलको त्यसबेला खोजी गरिए पनि फेला पर्न सकेका थिएनन् ।

प्रतिकृया दिनुहोस्