News Portal

स्कुल बस दुर्घटनाः११ लाख क्षतिपूर्ति,आमाछोराको पाँच दिनपछि अन्त्येष्टि,

स्कुल बस दुर्घटना अपडेट

फेवा खबर संवाददाता
७५ पटक

 

पोखरा वडा नं. २१ मट्टिखान जाने सडकको एकहाते नजिक थुन्कु भन्ने ठाउँमा गत साउन १३ गते भएको स्कुल बस दुर्घटनामा ज्यान गुमाएका आरती विक र उनको छोरा प्रिन्सको अन्त्येष्टी गरिएको छ ।

मुक्ति समाज नेपालका केन्द्रीय सचिव धनबहादुर नेपालीका अनुसार मृतक परिवारलाई सडक दुर्घटना बीमाबाहेक थप संस्थागत ११ लाख क्षतिपुर्ति दिने सहमति भएपछि  शव बुझेर अन्त्येष्टी गरिएको हो । दुई जनाको मृत्यु भएको हुनाले १० लाख दुर्घटना बीमा रकम हुन जान्छ ।

विहीबार नागरिक समाज, मुक्ति समाज, मृतकका आफन्त, विद्यालय व्यवस्थापन समिति, एनप्याव्सनका प्रतिनिधिसहितहरुबीच जिल्ला प्रहरी कार्यालयमा छलफल भएको थियो ।

आरती कार्यरत पोखरा १७ बिरौटास्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूल प्रशासन र एन व्याब्सनबाट ११ लाख रूपैयाँ दिने सहमति भएको बताइन्छ ।

गत सोमबार बिहान उक्त स्कूलको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक, सहचालकसहित ३० जना घाइते भएका थिए । तीमध्ये आमा छोराको मृत्यु भएको थियो ।

घाइते २८ मध्ये अझै पनि ११ जनाको उपचार जारी रहेको छ । प्रहरीका अनुसार मणिपालमा चालकसहित ३ जना, गण्डकी मेडिकल कलेजमा ४ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ जना गरी कुल ११ जनाको अहिलेपनि उपचार भइरहेको छ ।

 

 

 

प्रतिकृया दिनुहोस्