Skip

Click here to see more…

News Portal

कर्णालीमा माओवादीका मन्त्रीहरूले राजीनामा दिंदै

फेवाखबर संवाददाता
१२५ पटक

श्रावन ७। सुर्खेत, नेकपा एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन् ।

प्रदेश सरकारमा सहभागी माओवादीका चार मन्त्रीले आज बिहान ११ बजे पत्रकार सम्मेलन गरेर राजीनामा दिन लागेका हुन् ।

केन्द्रमा दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरणको सरकार बनेसँगै माओवादी कर्णाली सरकारबाट बाहिरिन लागेको संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिए । ‘केन्द्रमा नयाँ समीकरण बनेपछि प्रदेश पनि सोही अनुसार चल्नु पर्छ । हाम्रो पार्टीबाट सहभागी मन्त्रीहरूले आज पत्रकार सम्मेलन गरेर राजीनामा दिनुहुन्छ,’ जिसीले अनलाइनखबरसँग भने ।

कर्णालीमा पहिलोपटक माओवादी प्रमुख प्रतिपक्षी दलको बेन्चमा बस्ने भएको छ ।  प्रदेश सरकार गठन भएदेखि नै सरकारमा सहभागी हुँदै आएको माओवादी ६ वर्षदेखि सरकारमा छ ।

प्रतिकृया दिनुहोस्