News Portal

आज गुरुपूर्णिमा पर्व मनाइँदै

आज गुरुपूर्णिमा पर्व मनाइँदै

फेवाखबर संवाददाता
६४ पटक

पोखरा गुरुपूर्णिमा पर्व आइतबार (आज) मनाइँदैछ । असार शुक्ल पूर्णिमाका दिन शास्त्रसम्मत मन्त्र दान गर्ने गुरु, शिक्षा, कला, साहित्य, सीप र प्रविधि प्रशिक्षण गराउने गुरु लगायतप्रति श्रद्धाभाव व्यक्त गर्दै यो पर्व मनाइँदैछ । यसै दिन गुरु वेदव्यासको जन्म भएकाले वेदव्यास जयन्ती मनाउने गरिन्छ ।

पौराणिक साहित्यमा व्यास जयन्तीको व्याख्या भए जसरी तन्त्र विद्यामा ब्रह्मा, विष्णु, महेश्वरको स्वरूपलाई गुरु मानिएको छ । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मानभाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइने गरिन्छ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नास गराउने व्यक्तिको रुपमा पुजिन्छ । अन्धकारको नास गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ ।

पशुपतिनाथका गुरु दक्षिणामूर्तिको मन्दिर वर्षको एक दिन यसै उत्सवमा नागरिकका लागि खुला रहन्छ । राजगुठी अन्तर्गतका मुलुकका सबै नाथ अखडामा गुरु गोरखनाथको अर्चना गरिँदैैछ ।

प्रतिकृया दिनुहोस्