News Portal

खतराको तहमा मर्स्याङ्दी नदी, सतर्क रहन आग्रह

खतराको तहमा मर्स्याङ्दी नदी, सतर्क रहन आग्रह

फेवाखबर संवाददाता
५९ पटक

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरस्थित मर्स्याङ्दी नदीले जलसतह पार गरेको छ ।

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आज बिहानदेखि नदीले सतर्कता तह पार गरेको हो ।

सतर्कता तह पार गरेकाले मर्स्याङ्दी नदीमा बाढी आउनसक्ने सम्भावना रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन र सावधानी अपनाउन आग्रह गरिएको तनहुँका प्रजिअ जनार्दन गौतमले बताए ।

जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा आइतबारसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार मर्स्याङ्दी नदीको सतह १०दशमलव२५ मिटरभन्दा माथि आएको छ ।

जिल्लाको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका हुँदै यो नदी मुग्लिनमा पुगेर त्रिशूलीमा मिसिन्छ ।

प्रतिकृया दिनुहोस्